बागमती प्रदेश सरकार गठनमा एमाले–नेकपालाई सकस, राप्रपा र हानेपाको साथ आवश्यक
shilapatra.com · Sun Jul 26 02:11:00 GMT 2026

बागमती प्रदेशमा सरकार गठनका लागि एमाले र नेकपालाई पर्याप्त बहुमत नपुग्दा सरकार बनाउन चुनौती देखिएको छ । दुवै दलसँग सरकार गठनका लागि आवश्यक बहुमत संख्या नपुगेकाले साना दलको समर्थन अनिवार्य बनेको हो । तर, ती दलले सरकार गठनमा कस्तो भूमिका खेल्नेछन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।
हालको अंकगणितअनुसार सरकार गठनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र हामी नेपाली पार्टी (हानेपा) निर्णायक देखिएका छन् । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्ने भए पनि एमाले र नेकपासँग जम्मा ५१ सांसद मात्र छन् । एमालेका २५ र नेकपाका २६ सांसद छन् ।
Read full story at source (shilapatra.com)