बैंकहरूको आधारदरदेखि कर्जा ब्याजसम्म घट्यो, सस्तो ऋणको वातावरण बन्दै तर कर्जा विस्तार अझै सुस्त
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाअनुसार बैंकिङ प्रणालीमा ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ। ट्रेजरी बिल, अन्तरबैंक कारोबार, आधारदर, निक्षेप र कर्जा ब्याजदर सबै अघिल्लो वर्षको तुलनामा घटेका छन्। पर्याप्त तरलता, घट्दो लागत र कमजोर कर्जा मागका कारण बैंकहरूले ब्याजदर घटाउँदै लगेका हुन्।
राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २०८२ जेठ मसान्तको २.९४ प्रतिशतबाट घटेर २०८३ जेठ मसान्तमा २.६४ प्रतिशतमा झरेको छ। बैंकहरूबीच हुने अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर पनि २.९९ प्रतिशतबाट २.७३ प्रतिशतमा झरेको छ। यी दुवै सूचकले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त रहेको संकेत गर्छन्।
Read full story at source (aarthiknews.com)