विपद् व्यवस्थापनमा राज्यका सबै संयन्त्र, दल र निजी क्षेत्र परिचालन गरिने
ratopati.com · Thu Aug 27 06:04:01 GMT 2026

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछिको खोज उद्धार राहतमा राज्यका सबै संयन्त्र, दलका कार्यकर्ता सङ्घ संस्था र निजी क्षेत्र परिचालन गरिने भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा त्यस्तो निष्कर्ष निकालिएको हो ।
बैठकपछि कांग्रेस सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको सामना गर्न राज्यका नियमित साधन–स्रोतका साथै निजी क्षेत्र र राजनीतिक दलका कार्यकर्ताहरूलाई समेत प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा निष्कर्ष निकालिएको जानकारी दिए ।
Read full story at source (ratopati.com)