कर्णालीमा ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
ratopati.com · Thu Aug 27 06:04:27 GMT 2026

सुर्खेत । कर्णालीमा नवनियुक्त ३ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा जुम्कित लामालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट नियुक्त भएका हुन् । तिनै जना समानुपातिक कोटाबाट सांसद बनेका हुन् ।
Read full story at source (ratopati.com)