एनभीएलको अक्सन आज, १२९ खेलाडी समावेश
baahrakhari.com · Sun Jul 26 03:23:27 GMT 2026
काठमााडौं । नेपाल भलिबल लिग (एनभीएल)को पहिलो संस्करणको अक्सन आज (साउन १०) हुँदै छ । ललितपुरको ग्वार्काेस्थित होटेल रोयल टुलिपमा दिउँसो २ बजेदेखि अक्सन सुरु हुने तय छ ।
अक्सनमा क्याटोगरी ‘ए’मा ५६ र ‘बी’मा ७३ गरी १२९ खेलाडी रहनेछन् । क्योटगरी ‘ए’का खेलाडीको न्यूनतम मूल्य एक लाख र अधिकतम एक लाख २० हजार रुपौयाँ रहनेछ । क्याटोगरी ‘बी’का निम्ति न्यूनतम मूल्य ५० हजार र अधिकतम ७० हजार रुपैयाँ तोकिएको छ ।
Read full story at source (baahrakhari.com)