तेक्वान्दो टोलीको बिदाइ
annapurnapost.com · Sun Jul 26 03:47:40 GMT 2026
काठमाडौं : थाइल्यान्डको राजधानी बैंककमा अर्को सातादेखि सुरु हुने नवौं हिरोज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने तेक्वान्दो खेलाडी तथा अन्तर्राष्ट्रिय निर्णायकको बिदाइ गरिएको छ। शनिबार सीतापाइला तेक्वान्दो डोजाङमा आयोजित कार्यक्रममा नागार्जुन नगरपालिकाकी कार्यबहाक मेयर सुशीला अधिकारी, नागार्जुन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मीराम शर्मा, नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीलगायतले नेपाली खेलाडी तथा निर्णायकको बिदाइ गरेका थिए।
नवौं हिरोज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा सीतापाइला तेक्वान्दो डोजाङका ओम भण्डारी र सुविन सापकोटाले प्रतिस्पर्धा गर्ने छन्। जुलाई ३१ देखि अगष्ट २ तारिखसम्म सञ्चालन हुने च्याम्पियनसिपमा ओमले ग्योरोगीको ८० केजीमुनि र सुविनले ६८ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्। सोही प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्री बब्लु सिवाकोटी र टीकाप्रसाद लिम्बूले निर्णायकको भूमिका निर्वाह गर्ने छन्।
Read full story at source (annapurnapost.com)