भारतमा भारी वर्षाका कारण ८० जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Thu May 14 09:56:00 GMT 2026

भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको छ। यस्तै, प्रकोपमा परि एक सय भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन्।
यसैगरी उत्तर प्रदेशका विभिन्न ठाउँहरू बाट मौसमी प्रकोपका कारण पशुधन, आवासीय घर र अन्य सम्पत्तिमा क्षति भएको रिपोर्ट गरिएको छ। तीव्र हावाले हजारौँ रुखहरू ढलेको र पर्खाल भत्केको घटनाहरू रिपोर्ट गरिएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)