कपिलवस्तुमा बसको ठक्कर, मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
baahrakhari.com · Sun Jul 26 04:01:16 GMT 2026

काठमाडौं । कपिलवस्तुमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । शनिबार (साउन ९) राति शुद्धोधन गाउँपालिका–६, बिमियास्थित हुलाकी सडकखण्डमा बसले मोटरसाइकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बाँकेको नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको भे१ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए ।
Read full story at source (baahrakhari.com)