रूपन्देहीमा सर्पदंश न्यूनीकरणका लागि विद्यालयस्तरमा सचेतना अभियान
shilapatra.com · Sun Jul 26 04:42:00 GMT 2026

पछिल्लो समय रूपन्देहीमा सर्प र सर्पदंशका घटना बढ्न थालेपछि विद्यालयस्तरमा सचेतनामूलक अभियान सुरु गरिएको छ । धार्मिक संस्था रुद्र गणको अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नवीन पौडेलले जिल्लाका विभिन्न विद्यालयमा पुगेर सर्पसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका हुन् ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकलाई विषालु र अविषालु सर्पको पहिचान, सर्पदंशबाट बच्ने उपाय, सर्पले टोकेपछि अपनाउनुपर्ने प्राथमिक उपचार तथा सर्प संरक्षणका विषयमा वैज्ञानिक जानकारी दिइँदै आएको छ ।
Read full story at source (shilapatra.com)