‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित
clickmandu.com · Sun Jul 26 04:47:34 GMT 2026

एजेन्सी । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ । आँधीका कारण सात लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौँ उडान र रेल सेवा रद्द गरिएको छ ।
चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार ‘नाउल’ आइतबार बिहान ३:५० बजे दक्षिणी ग्वाङडोङ प्रान्तको हुइझोउ सहरअन्तर्गत हुइडोङ काउन्टीको तटीय क्षेत्रमा ठोक्किएको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यो वर्ष चीनमा ठोक्किएको सबैभन्दा शक्तिशाली टाइफुन हो ।
Read full story at source (clickmandu.com)