कर्णालीमा नयााँ सत्ता समीकरण : दुबै दलका नेता काठमाडौं जाँदै
annapurnapost.com · Sun Jul 26 04:51:24 GMT 2026

वीरेन्द्रनगर : कर्णाली प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमपछि नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश संसदीय दलका नेताहरू काठमाडौं जान लागेका छन् । प्रदेशमा देखिएको सत्ता साझेदारी, अविश्वास प्रस्ताव र नयाँ सरकार गठनबारे अन्यौल बनिरहेका बेला उनीहरु काठमाडौं जान लागेका हुन् ।
शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका एमाले संसदीय दलका नेता यामलाल कँडेल तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता मंगलबहादुर शाही आइतबार काठमाडौं जाँदैछन् । नेकपा संसदीय दलका नेता शाहीले शनिबार पार्टी केन्द्रले गरेको नयाँ राजनीतिक सहमतिका आधारमा प्रदेश सरकार गठनका बिषयमा पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं जान लागेको बताए । उनले भने, ‘नयाँ सहमतिका आधारमा प्रदेश सरकारको गठन गर्न पार्टी नेतृत्वसँग छलफल गर्नुछ । हामी दुई ठूला राजनीतिक दलहरु मिलेर बन्ने प्रदेश सरकारको प्रभावकारी कार्यसम्पादनका लागि पनि दुबै पार्टीका केन्द्रीय नेतृत्वसँग छलफल हुन्छ ।’
Read full story at source (annapurnapost.com)