गोविन्द केसीका दुई मागमा सरकार लचक, पदाधिकारी हटाउने विषयमा आज थप वार्ता
nepalpress.com · Sun Jul 26 04:48:20 GMT 2026

धनगढी । धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकार र डा. केसी पक्षबीच आज थप वार्ता हुने भएको छ। सरकारले डा. केसीका केही मागमा सकारात्मक संकेत देखाएपछि सहमतिको प्रयास अघि बढाइएको हो।
वार्ताका लागि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार धनगढी पुगेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल भने शनिबार नै धनगढी पुगेका थिए। शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार डा. केसीसँग टेलिफोन संवाद गरेपछि वार्ताको वातावरण बनाउन सचिव पौडेललाई धनगढी पठाइएको थियो।
Read full story at source (nepalpress.com)