इरानमाथिको हवाई आक्रमण रोक्न सेनालाई ट्रम्पको निर्देशन
kendrabindu.com · Sun Jul 26 05:09:44 GMT 2026
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। लगातार १३ दिनसम्म आक्रमण भएपछि ट्रम्पले इरानमाथि थप हमला गर्ने योजना स्थगित गरेको ती सञ्चारमाध्यमको दाबी छ।
द न्युयोर्क टाइम्सले ट्रम्प प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै युद्ध थप चर्काउँदा मध्यपूर्वमा अमेरिकी सेनासँग रहेका प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका अवरोधक मिसाइल तथा अन्य हवाई प्रतिरक्षा हतियारको मौज्दात खतरनाक रूपमा घट्न सक्ने चिन्ताका कारण राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेको जनाएको छ।
Read full story at source (kendrabindu.com)