पुँजी बजारको विकास, विस्तार र लगानीकर्ताको संरक्षण नै मुख्य प्राथमिकता हो- अध्यक्ष भट्ट
arthasansar.com

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले पुँजी बजारको विकास विस्तार नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको भेटघाटमा अध्यक्ष भट्टले लगानीकर्ताको हकहितको संरक्षणका गर्नु आफ्नो ध्यान केन्द्रीत रहेको बताएका हुन् ।
पुँजी बजारको सबै कुरा सेबोनले नै हेर्नु पर्ने भन्दै उनले केन्द्रीय बैंक भन्दा पनि सेबोन ठूलो निकाय भएको बताए । ‘अन्तराष्ट्रि रुपमा हेर्दा अमेरिकामा केन्द्रीय बैंक भन्दा त्यहाँको पुँजी बजारको नियामकीय निकाय ठूलो छ । बजारलाई केन्द्रीय बैंकले भन्दा पनि सेबोनले नै हेर्नु पर्छ,’ उनले भने । पुँजी बजार ठूलो क्षेत्र भएकाले त्यसै अनुसार काम गर्नु पर्ने उनको भनाइ छ ।
Read full story at source (arthasansar.com)