कृष्णभक्तिमा आधारित ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक
kalakarmi.com · Sun Jun 07 05:43:23 GMT 2026

काठमाडौं – सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक भएको छ।
भक्तिभावले भरिएको यस गीतमा सलिना विक र नितेश विकको सुमधुर स्वर रहेको छ। यसअघि पनि सफल सहकार्य गरिसकेका मनिष र निरजले पुनः एकपटक दर्शक तथा श्रोतामाझ आध्यात्मिक सन्देश बोकेको उत्कृष्ट सिर्जना प्रस्तुत गरेका हुन्। गीतमा बाँसुरी, गितार र बास गितारको उत्कृष्ट संयोजनले सांगीतिक मिठास थपेको छ।
Read full story at source (kalakarmi.com)