एडीएफका दुई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु
hamrakura.com · Sun Jul 26 00:00:00 GMT 2026
किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक फोर्सेस’ (एडीएफ) ले पछिल्लो ७२ घण्टामा गराएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा ३२ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
संयुक्त राष्ट्रसङ्घको सहयोगमा डीआरसीमा सञ्चालित ‘रेडियो ओकापी’का अनुसार आक्रमण माम्बासा क्षेत्रका गाउँमा भएका हुन् । थप पीडितको खोजी तथा पहिचानकार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्थानीय नागरिक समाजका प्रतिनिधिले बताएका छन् ।
Read full story at source (hamrakura.com)