शुद्धोधनमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु
hamrakura.com · Sun Jul 26 00:00:00 GMT 2026
कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ बिमियास्थित हुलाकी सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मध्यपश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१-००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए।
Read full story at source (hamrakura.com)