प्रधानमन्त्री निजी क्षेत्रमैत्री बन्दा सकारात्मक बन्यो सेयर बजार
annapurnapost.com · Sun Jul 26 06:55:54 GMT 2026

काठमाडौं : सरकार गठनदेखि ओरालो यात्राको सेयर बजारप्रति प्रधानमन्त्रीको चासो बढेको छ। यसबेला उनी आफैंले सक्रियता देखाउन थालेका छन्। बजेट र मौद्रिक नीति आए पनि लगानीकर्ताको मनोबल नबढ्दा सेयर बजार उँभो लाग्न सकेको थिएन। व्यवसायी र उद्योगपतिमाथि सरकारको धरपक्कड चल्दै गर्दा लगानीकर्तामा त्रास बढेको थियो। यसले गर्दा सेयर बजार निरन्तर उँधो गतिमै रहिरहयो।
यसैबेला सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको काम कारबाहीलाई रोक्यो। लगानीकर्तामा सम्पत्ति छानबिनको भय हट्दा सेयर बजारको घट्ने क्रम रोकियो। यससँगै प्रधानमन्त्रीले पनि सेयर बजार सरोकारवालासँग भेटघाट गर्न सुरु गरे।
Read full story at source (annapurnapost.com)