‘एक्का मिस्सी बादशाह’ घोषणा : सम्राज्ञीको बोल्ड अवतार, नयाँ हिरोको खोजी खुला
kalakarmi.com · Sun Jul 26 06:55:41 GMT 2026

काठमाडौं- सञ्जय राईको डेब्यु निर्देशनमा नेपाली फिल्म ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ । शनिवार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौंमा कार्यक्रम आयोजना गर्दै फिल्मको घोषणा गरेको हो । कलाकार र प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।
यूके बस्दै आएका सञ्जय लामो समयदेखि फिल्म मेकिङ र निर्देशनप्रति रुचि राख्दै आएका थिए । यूके बसाइँका क्रममा पनि सिनेमा निर्माणप्रतिको आफ्नो प्यासनलाई निरन्तरता दिँदै आएका राईको यो पहिलो निर्देशन यात्रा हो । मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको फिल्ममा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहने भएकी छन् । उनी फिल्ममा ’आश’ पात्रको भूमिका देखिनेछिन् । निर्माण टिमले उनको बोल्ड लुक्ससहितको तस्बिर सार्वजनिक गर्दै उनको पात्रबारे जानकारी दिएको छ ।
Read full story at source (kalakarmi.com)