नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमण : माग पूरा नभए आकस्मिक सेवा समेत ठप्प पार्ने चेतावनी
swasthyakhabar.com · Sun Jul 26 07:06:51 GMT 2026

वीरगञ्ज - नेपाल चिकित्सक संघ (एनएमए) नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. प्रमोद रामसहित अन्य चिकित्सकमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा अवाञ्छित गतिविधिको कडा निन्दा गर्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ। माग सम्बोधन नभए नारायणी अस्पतालसहित सरकारी, सामुदायिक, निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजमा आकस्मिक (इमर्जेन्सी) सेवासमेत पूर्ण रूपमा बहिष्कार गर्ने चेतावनी संघले दिएको छ।
शनिबार नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा नारायणी अस्पतालको प्रशासनिक भवनमा बसेको आकस्मिक कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो।
Read full story at source (swasthyakhabar.com)