चोरहरूले दिनदहाडै सङ्ग्रहालयबाट चोरे ६ सयभन्दा बढी हिरा जडित हार
ratopati.com · Sun Aug 30 04:57:43 GMT 2026

भियना । अस्ट्रियाको राजधानी भियनास्थित सङ्ग्रहालयबाट ६ सयभन्दा बढी हिरा जडित बहुमूल्य हार चोरी भएको छ । बिहीबार दिउँसो दुई जना व्यक्तिले भियनाको म्युजियम अफ एप्लाइड आट्र्स (एमएके)मा राखिएको उक्त हारको सिसाको डिस्प्ले केस फुटाएर चोरी गरेका हुन् ।
प्रहरीका अनुसार प्रदर्शनी हेर्न टिकट खरिद गरेर सङ्ग्रहालय छिरेका उनीहरूले प्लेटिनम र हिराले बनेको हार लिएर भागेका थिए । करिब २०० क्यारेटभन्दा बढी हिरा जडित उक्त हारको मूल्य ४० लाख अमेरिकी डलरभन्दा बढी रहेको अनुमान गरिएको छ ।
Read full story at source (ratopati.com)