आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन
baahrakhari.com · Sun Jun 28 15:32:57 GMT 2026
काठमाडौं । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आइतबार सम्पन्न भएको छ । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरुष र महिला दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै समग्र टोलीतर्फ पनि शीर्ष स्थान हासिल गरेको छ ।
प्रतियोगितामा आर्मीले पुरुषतर्फ ६ स्वर्ण, ६ रजत र पाँच कांस्य तथा महिलातर्फ पाँच स्वर्ण, पाँच रजत र एक कांस्य गरी कुल ११ स्वर्ण, ११ रजत र ६ कांस्य पदक जित्दै समग्र च्याम्पियन बन्न सफल भयो । वाग्मती प्रदेश दुई स्वर्ण, आठ रजत र १२ कांस्यसहित दोस्रो तथा नेपाल पुलिस क्लब दुई स्वर्ण, दुई रजत र दुई कांस्यसहित तेस्रो स्थानमा रह्यो ।
Read full story at source (baahrakhari.com)