महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
shilapatra.com · Sun Jul 26 07:50:51 GMT 2026

ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकाता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले 'राइजिङ स्टार ग्रोथ'अन्तर्गतको विधामा सम्मान पाएको हो ।
गत वर्ष बैंक 'सम्पत्ति गुणस्तर'अन्तर्गतबाट समेत सम्मानित भएको थियो । जुलाई २४, २०२६ मा नयाँ दिल्लीमा आयोजित 'चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स' कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यान्मार ताथ बंगलादेशका बैंकहरूको सहभागिता थियो ।
Read full story at source (shilapatra.com)