प्रश्नपत्र लिक प्रकरण : स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा
onlinekhabar.com · Sun Jul 26 07:56:06 GMT 2026

१० साउन, काठमाडौं । त्रिवि, स्वतन्त्र विद्यार्थी युनियन (स्वविय)ले एमबीएको प्रश्नपत्र बाहिरिएको सम्बन्धमा दुई दिनभित्र छानबनि गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
साथै व्यवस्थापन संकाय डीनले र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्ने माग स्ववियले गरेको छ । ‘परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन । दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो ? कसको संलग्नता थियो भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ,’ स्ववियु अध्यक्ष दिपक जोशीले भने ।
Read full story at source (onlinekhabar.com)