बिरामीको मृत्यु घटनापछि नारायणी अस्पतालका पाँच स्वास्थ्यकर्मी निलम्बित
annapurnapost.com · Sun Jul 26 08:01:44 GMT 2026

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा शनिबार उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनापछि आकस्मिक कक्षमा कार्यरत चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि निलम्बन गरिएको छ । शनिबार साँझ अस्पतालमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार गुप्तासहितको बैठकले घटनाको छानबिन गर्न ६ सदस्यीय छानबिन समति गठन गर्दै शनिबार आकस्मिक कक्षमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
शनिबार बिहान सिकिस्त अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगन्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । पटेलको मृत्युपछि आक्रोशित उनका परिवारजन र गाउँलेले अस्पतालमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा तोडफोड पनि गर्दा अवस्था केहिबेर तनावग्रस्त बन्न पुगेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज पनि गरेको थियो ।
Read full story at source (annapurnapost.com)