मधेसमा लागूऔषधविरुद्ध अभियान, २८ सय ११ जना पक्राउ
baahrakhari.com · Sun Jul 26 08:16:17 GMT 2026

जनकपुर । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि मधेस प्रदेशमा प्रहरीले विशेष अभियान चलाएपछि लागूऔषध सेवनकर्ता र कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन् । लागूऔषधविरुद्धको अभियानअन्तर्गत प्रहरीले नियमित जाँच गर्न थालेपछि मधेस प्रदेशका आठ वटै जिल्लामा गाँजा, चरेस, अफिम, ब्राउन सुगरलगायत लागूऔषध कारोबारमा संलग्नहरू पक्राउ पर्न थालेका हुन् ।
संगठित अपराध लागूऔषधविरुद्ध अभियान चलाएको प्रहरीले मधेस प्रदेशका आठ वटै जिल्लाबाट ठूलो परिमाणमा लागूऔषध पनि बरामद गर्दै आएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बितेका तीन आर्थिक वर्षमा मधेस प्रदेशमा विभिन्न प्रकारका लागूऔषधसहित २८ सय ११ जना पक्राउ परेका छन् । यस्तै, २१ सय २१ वटा लागूऔषध सम्बन्धित मुद्दा दर्ता भएका छन् ।
Read full story at source (baahrakhari.com)