‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’को विस्तारित सूची सार्वजनिक
baahrakhari.com · Sun Jul 26 08:15:33 GMT 2026

काठमाडौं । कविडाँडा साहित्य समाज चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार, २०८२’ का निम्ति १६ कृतिको विस्तारित सूची सार्वजनिक गरेको छ ।
विस्तारित सूचीको छनोटमा कृतिहरू अ–विधवा (गोविन्द गिरी ‘प्रेरणा’), अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), जगज्जननी उसकी आमाको नाम होइन (नारायण ढकाल), तुलु राजा (चन्द्रप्रकाश बानियाँ), तोरकीन (क्षितिज समर्पण), दहाड (नवीन अभिलाषी), परिधि (उमा सुवेदी), पाश्र्वध्वनी (रेशम विरही), पैकेलो (ओम रिजाल), बखान (वसन्त पराजुली), महायुग (सीमा आभास), राजमाता (नीलम कार्की निहारिका), सत्यम (लक्ष्मण वियोगी), सलह (श्रवण मुकारुङ) र सूतपुत्र (शंकरप्रसाद गैरे) परेका समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)