आइपीओको तयारीमा रहेको प्रभु हेलिकप्टरले कमायो २८ करोड ५० लाख, एउटै क्षेत्रबाट ५८ प्रतिशत आम्दानी
aarthiknews.com

काठमाडौं । आईपीओ बिक्रीको तयारीमा रहेको प्रभु हेलिकप्टरले आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा २८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२४ मा २६ करोड, सन् २०२३ मा ४१ करोड ७० लाख, सन् २०२२ मा २२ करोड ८० लाख र सन् २०२१ मा १२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले जनाएको छ । एजेन्सीले नेपालले प्रभु हेलिकप्टर लाई ‘आईआरएन बीबी माइनस’ इश्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले दीर्घकालीन ३० करोड ४७ लाख रुपैयाँको बैंक कर्जाका लागि ‘आईआरएन बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ । त्यस्तै, सर्ट टर्म ६ करोड ५१ लाख रुपैयाँ कर्जाका लागि ‘आईआरएन ए४’ रेटिङ पाएको छ । लङ टर्म २३ लाख २० हजार अमेरिकी डलर कर्जाका लागि पनि ‘आईआरएन बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ ।
Read full story at source (aarthiknews.com)