प्रश्नपत्र आउट प्रकरण : दुईजना पक्राउ, अनुसन्धानको केन्द्रमा १२ सय बढी सदस्य रहेको ह्वाट्सएप समूह
nagariknews.nagariknetwork.com · Sun Jul 26 08:11:01 GMT 2026

त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानको मुख्य केन्द्रमा भने ‘MBS First Sem Section C’ नामक ह्वाट्सएप समूह रहेको छ। उक्त समूहमा १ हजार २३ जना सदस्य रहेको र परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र साझा गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सार्वजनिक भएका स्क्रिनसटमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएको देखिन्छ भने त्यसपछि समाधान (सोलुसन) मागिएको तथा थप पीडीएफ फाइल पनि पठाइएको उल्लेख छ।
Read full story at source (nagariknews.nagariknetwork.com)