एमालेबाट मुख्यमन्त्री बन्न दौडधुप सुरु, कुन प्रदेशमा कसको चर्चा ?
ratopati.com · Sun Jul 26 08:35:06 GMT 2026

काठमाडौँ । एमाले र नेकपाबिच पाँच प्रदेशमा सत्ता समीकरणका लागि समझदारी भएसँगै नेकपा एमालेको भागमा परेका तीन प्रदेशमा मुख्यमन्त्री बन्न नेताहरूको दौडधुप सुरु भएको छ । त्यसअघि नेताहरूबिच प्रदेश संसदीय दलको नेता बन्न कतिपय नेताहरू शक्ति केन्द्र रिझाउन व्यस्त रहेका छन् ।
शनिवार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबिच भएको तीन बुँदे सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनीमा नयाँ मुख्यमन्त्री बनाउने छ भने नेकपाले कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री पाउनेछ । एमालेको भागमा परेका कोशीमा हाल एमालेकै हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् भने बागमतीमा कांग्रेसका इन्द्रबहादुर बानियाँ रहेका छन् । लुम्बिनीमा एमालेकै चेतनारायण आचार्य रहेका छन् ।
Read full story at source (ratopati.com)