अन्नपूर्ण स्पाइकरमा मंगोलियाका अपोजित हिटर जारगालसोट अनुबन्ध
ratopati.com · Sun Aug 30 05:06:32 GMT 2026
काठमाडौँ । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि मंगोलिया राष्ट्रिय भलिबल टोलीका अपोजित हिटर इंख एर्डेन जारगालसोट (एडी) लाई अनुबन्ध गरेको छ ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि मंगोलियाका इंख एर्डेनलाई अनुबन्ध गर्न पाउँदा अन्नपूर्ण स्पाइकर किंग्स उत्साहित छ । अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलका लागि अनुबन्ध गरेको इंख दोस्रो मंगोलियन खेलाडी हुन् । यसअघि नै अन्नपुर्णले मंगोलिया राष्ट्रिय टिममा स्टार आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरिसकेको छ ।
Read full story at source (ratopati.com)