बाढी प्रभावितलाई खाद्यान्न र खानेपानी पुर्याउन सांसदहरूसँग कृषिमन्त्रीको छलफल
onlinekhabar.com · Sun Aug 30 05:01:17 GMT 2026

१४ भदौ, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी सांसदहरूसँग छलफलमा जुटेकी छन् । उनले प्रभावित क्षेत्रमा राहत सामग्री उपलब्ध गराउने विषयमा संसदहरूसँग छलफल गरेकी हुन् ।
छलफलमा मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्री शीघ्र पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् ।
Read full story at source (onlinekhabar.com)