जहाजमाथि आक्रमणको जवाफ दिन्छौँ : इरान
nepalnews.com · Sun Jul 26 09:04:47 GMT 2026

तेहरान। इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ। इरानका अनुसार शनिबार भएको आक्रमणमा एकजना नाबिकको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।
रुस-युक्रेन युद्धको अन्तर्राष्ट्रिय प्रभाव विस्तार भइरहेका बेला इरानले यस्तो आरोप लगाएको हो। यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाजलाई लक्षित गरी क्यास्पियन सागरमा लामो दूरीको आक्रमण गरिएको बताएका थिए।
Read full story at source (nepalnews.com)