हेटौंडामा यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत फेला, अनुसन्धान तीव्र
hamrakura.com · Sun Jul 26 00:00:00 GMT 2026
काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार घटनास्थल वरपर रगत देखिएपछि घटना शङ्कास्पद रहेको भन्दै अनुसन्धानलाई तीव्र बनाउन प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ। मृतकको पहिचान खुल्दा उनी मकवानपुरको साविक चित्लाङ गाविस–६ हालको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली (रामबहादुर गोपालीका छोरा) रहेको खुलेको छ। प्रहरीले घटनाबारे मृतकका परिवारलाई समेत जानकारी गराइसकेको छ।
Read full story at source (hamrakura.com)