श्रावण मेला २०८३ः पहिलो दिन ५ हजारभन्दा बढी दर्शकको सहभागिता
kalakarmi.com · Sun Jul 26 08:51:44 GMT 2026

ललितपुर– केएपीए इभेन्ट्सको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिवारदेखि प्रारम्भ भएको ‘श्रावण मेला २०८३’ को पहिलो दिन ५ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागिता रहेको आयोजक संस्थाले जनाउको छ ।
आज आइतवारसम्म सञ्चालन हुने मेलाको पहिलो दिन नै सांस्कृतिक उत्सव, परम्परा र सामुदायिक एकताको अनुपम वातावरण सिर्जना भएको आयोजकले जनाएको छ । मेलाको सुरुवात अर्था रन क्लबसँगको सहकार्यमा आयोजित ‘श्रावण रन’ बाट भएको थियो । उक्त दौडमा करिब १,३०० धावक सहभागी भएका थिए । श्रावणको उत्साह झल्काउने यस दौडले दिनभर सञ्चालन भएका विभिन्न गतिविधिका लागि उत्साहपूर्ण माहोल तयार पारेको थियो ।
Read full story at source (kalakarmi.com)