बाणिज्य बैंकहरूको कर्जा र निक्षेपमा उच्च वृद्धि, कुन क्षेत्रमा कति ?
arthasansar.com

आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म देशको बैंकिङ प्रणालीमा उल्लेखनीय फेरबदल देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह दुवैतर्फ उत्साहजनक विस्तार भएको छ। समीक्षा अवधिमा बैंकहरूले ७० खर्ब १५ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी कुल ५१ खर्ब ६९ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
प्रवाहित कुल कर्जामध्ये उत्पादनशील क्षेत्रभन्दा १० खर्ब ९८ अर्ब ३० करोड रुपैयाँ सहित उपभोग कर्जाले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। थोक तथा खुद्रा व्यापारमा ९ खर्ब ४९ अर्ब ८७ करोड , गैर–खाद्य उत्पादन उद्योगमा ५ खर्ब ८१ अर्ब २२ करोड , विद्युत्, ग्यास तथा पानीसम्बन्धी आयोजनामा ४ खर्ब ९२ अर्ब ४४ करोड र वित्त, बीमा तथा रियल इस्टेट क्षेत्रमा ३ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ लगानी भएको छ।
Read full story at source (arthasansar.com)