विपत्तिमा सहयोग अग्रपङ्क्तिमा निजी क्षेत्र
gorkhapatraonline.com · Sun Aug 30 05:05:37 GMT 2026

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले पुर्याएको सङ्कटमा सहयोग गर्न विराटनगरका उद्योगी व्यवसायी अग्रसर भएका छन् । व्यावसायिक संस्थाले राहतका लागि नगद र सामग्री सहयोग गर्न थालेका छन् भने आफ्ना सदस्यलाई पनि सहयोगका लागि आग्रह गरेका छन् ।
उद्योग सङ्गठन मोरङले बाढीपीडितको राहतका लागि १५ लाख रुपियाँ सरकारलाई उपलब्ध गराएको छ । नेपाल उद्योग परिसङ्घ कोशीले करिब ६० लाख रुपियाँ बराबरको राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमार्फत हस्तान्तरण गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले व्यक्तिगत रूपमा ११ लाख रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसक्नुभएको छ । मोरङ उद्योग व्यापार सङ्घले पनि सदस्यलाई सहयोगका लागि आग्रह गरेको छ र छिट्टै राहत सहयोग उपलब्ध गराउने तयारी गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)