राजेन्द्र धामी अन्नपूर्ण स्पाइकर्स किंग्समा
annapurnapost.com · Sun Jul 26 10:00:47 GMT 2026
काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सनमा राजेन्द्र धामी अन्नपूर्ण स्पाइकर्स किंग्समा अनुबन्ध भएका छन् । आइतबार भएको अक्सनबाट छानिने उनी पहिलो खेलाडी बने ।
उनलाई सगरमाथा स्म्यासर्स बाहेक ५ टिमले क्याटगोरी ‘ए’ को अधिकतम बोली १ लाख २० हजारसम्म बोली लगाएका थिए । उनलाई लक्की ड्रबाट अन्नपूर्ण स्पाइकर्स किंग्सले जितेको हो । उनी अहिले राष्ट्रिय टोलीबाट काभा पुरुष भलिबल च्याम्पियनसिप खेलिरहेका छन् ।
Read full story at source (annapurnapost.com)