बाँकेमा ४५ हजार लगानीकर्ता टीएमएसबाट कारोबार गर्दै
nepalnews.com · Sun Jul 26 10:07:24 GMT 2026

नेपालगन्ज। बाँकेमा सेयर बजारप्रति आकर्षण बढ्दै गएको छ। यहाँ करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खाता खोलेका छन्। प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तारसँगै नयाँ लगानीकर्ताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको हो।
इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख उदय अधिकारीका अनुसार लगानीकर्ताले प्रविधिका कारण जहाँबाट पनि कारोबार गर्न सकिने भएकाले टीएमएस प्रयोगकर्ता बढेका हुन्। “अहिले लगानीकर्ता प्रविधिमा अभ्यस्त भइसकेका छन्। त्यसैले नयाँ लगानीकर्ताले सबैभन्दा पहिले टीएमएसको सुविधा खोज्ने गरेका छन्,” उनले भने।
Read full story at source (nepalnews.com)