बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
nepalpress.com · Sun Jul 26 10:04:38 GMT 2026

दुई वटा व्यावहारिक घटनाबाट प्रसङ्ग अघि बढाउँछु । पहिलो प्रसङ्ग, मीनपचासको छुट्टीको बेला थियो । विद्यालयहरूले छुट्टीमा ‘विन्टर क्याम्प’ चलाउँथे । त्यही मेसोमा एक दिन विद्यालयमा शिक्षकले एक जना विद्यार्थीलाई गणित विषयको कुनै समस्या हल गर्न सिकाउँदै थिए । उनले चार-पाँच पटक कोसिस गरे तर विद्यार्थीले सिक्न सकेनन् ।
यो दृश्य अलि परबाट मैले हेरिरहेको थिएँ । यो सबै देखेपछि मैले ती शिक्षकलाई भनेँ, ‘यो कुरा मलाई सिकाउनू, म नानीलाई सिकाउँछु ।’ उनले मलाई सिकाए, त्यसपछि मैले त्यो समस्या समाधान गर्ने तरिका ती विद्यार्थीलाई सिकाएँ । उनले एकै पटकमा हल गर्ने तरिका सिकिन् ।
Read full story at source (nepalpress.com)