लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीको राजीनामा तयारी
nagariknews.nagariknetwork.com · Sun Jul 26 10:11:19 GMT 2026

लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने सहमति भएपछि कांग्रेसले सरकारबाट बाहिरिने निर्णयअनुसार मन्त्रीहरूले पद त्याग्न लागेका हुन्।
लुम्बिनी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना तथा वन तथा वातावरणमन्त्री देवकरण कलवार सहभागी छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)