जानकी प्लास्टिक उद्योगमा छापा, रातारात गायब पारियो नक्कली पाइप
shilapatra.com · Sun Jun 28 15:51:17 GMT 2026

मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स्थित जानकी प्लास्टिक उद्योगमा छापा मारेको छ । सिरहाबाट बरामद भएका नक्कली पाइपको स्रोत खोज्दै पुगेको प्रहरी टोलीले उद्योगमा छापा मारे पनि थोरै मात्रामा मात्रै शंकास्पद पाइप फेला पारेको छ ।
छापा मारिने सूचना पाएपछि उद्योगबाट रातारात पाइप गायब पारिएको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले शनिबार गोलबजार नगरपालिका–४ स्थित नेहाल आइरन स्टोरमा छापा मारेर मार्वल कम्पनीको नाम र लोगो अंकित ६ सय ३२ थान विभिन्न साइजका बोरवेल पाइप बरामद गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ती पाइप मार्वल कम्पनीका आधिकारिक उत्पादन नभएको कम्पनीका प्रतिनिधिले जनाएपछि प्रहरीले ती नक्कली पाइप उत्पादन गर्ने उद्योगको खोजी गरेको थियो ।
Read full story at source (shilapatra.com)