डा. केसीको सत्याग्रह गेटामा विश्वविद्यालय सुदृढीकरणकै पक्षमा छ : प्रदीप पौडेल
onlinekhabar.com · Sun Jul 26 10:18:15 GMT 2026

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डा. गोविन्द केसीको सत्याग्रह दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदृढीकरणको पक्षमा रहेको बताएका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका पौडेलले आइतबार फेसबुकमार्फत यस्तो बताएका हुन् ।
‘हाल डा. गोविन्द के.सी.ले अस्पताल शीघ्र सञ्चालनको माग राखी सुरु गर्नुभएको सत्याग्रह अन्तत: दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयकै सुदृढीकरणका पक्षमा छ,’ महामन्त्री पौडेलले भनेका छन्, ‘तर, पुन: विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध पुर्याउने खेल भइरहेको देखिन्छ ।’
Read full story at source (onlinekhabar.com)