ट्याक्टर दुर्घटनामा चालकको मृत्यु,सहचालक गम्भीर
annapurnapost.com · Sun Aug 30 05:16:06 GMT 2026

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् ।शनिबार राति करिब १० बजेतिर शुके–जौवारी कच्ची सडकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ९१७८ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेको थियो ।
ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारी घर भएका चालक २६ वर्षीय शुक्र दमाई गम्भीर घाइते भएका थिए ।
Read full story at source (annapurnapost.com)