बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै
clickmandu.com · Sun Jul 26 10:42:21 GMT 2026

नेपालगन्ज । बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोलेका छन् । प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तारसँगै नयाँ लगानीकर्ताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको हो ।
इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख उदय अधिकारीका अनुसार लगानीकर्ताले प्रविधिका कारण जहाँबाट पनि कारोबार गर्न सकिने भएकाले टिएमएस प्रयोगकर्ता बढेका हुन् । ‘अहिले लगानीकर्ता प्रविधिमा अभ्यस्त भइसकेका छन् । त्यसैले नयाँ लगानीकर्ताले सबैभन्दा पहिले टिएमएसको सुविधा खोज्ने गरेका छन्,’ उनले भने ।
Read full story at source (clickmandu.com)