सन्तोषले मधेसबाट एनभीएल खेल्ने
baahrakhari.com · Sun Jul 26 11:07:43 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को निम्ति मधेस वारियर्सले सन्तोष मेहतालाई भित्र्याएको छ । आइतबार मधेसले अक्सनबाट सन्तोषलाई एक लाख २० हजार रुपैयाँमा प्रतियोगिताको निम्ति भित्र्याएको हो ।
योसँगै उनी टिमले प्रतियोगिताको निम्ति भित्र्याएको चौथो खेलाडी बनेका छन् । उनले यसअघि विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबाट भलिबल खेल्दै आएका थिए ।
Read full story at source (baahrakhari.com)