जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
baahrakhari.com · Sun Jul 26 11:05:00 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले यो देश विश्वकै जलसम्पन्न मुलुक भए पनि यसको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको बताएका छन् ।
आइतबार (साउन १०) काठमाडौंमा एक पुस्तक लोकार्पण गर्दै उनले जलस्रोतलाई ऊर्जा उत्पादनसँग मात्र सीमित नराखी कृषि, खानेपानी, सिँचाइ, उद्योग, वातावरण संरक्षण तथा समग्र आर्थिक रूपान्तरणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्न आग्रह गरे । ‘नेपालको जलस्रोत’ नामक पुस्तक सार्वजनिक गरिएको हो । जलस्रोतविज्ञ तथा राजनीतिज्ञ महाजन यादवले नेपाली र अंग्रेजी भाषामा उक्त पुस्तक लेखेका हुन् ।
Read full story at source (baahrakhari.com)