कम पानीमा उत्पादन हुने धानको अनुसन्धान गर्न मन्त्री चौधरीको आग्रह
barnanmedia.com · Sun Jul 26 11:07:58 GMT 2026

जनकपुर । कृषि, वना तथा पर्यावरणमन्त्री गिता चौधरीले चैते धान उत्पादनमा जोड दिन कृषि अनुसन्धान केन्द्र, हर्दिनाथका विज्ञ तथा अनुसन्धानकर्ताहरुलाई निर्देशन दिएकी छन् ।दुई दिने धनुषा भ्रमणमा रहकी मन्त्री चौधरीले आज(आइतबार) धनुषाको हर्दिनाथ स्थित अनुसन्धान कृषि अनुसन्धान केन्द्रका विज्ञहरुसंग भेट गर्नुका साथै यस भेगमा कृषिको उत्पादन तथा अनुसन्धानबारे जानकारी लिएकी छन् ।
सो क्रममा मन्त्री चौधरीले मधेश प्रदेशको कृषि क्षेत्रमा विद्यमान समस्याहरुलाई औंल्याउँदै, अनुसन्धानकर्ताहरुलाई चैते धान उत्पादनमा जोड दिन निर्देशन दिएकी छन् । त्यस्तै, मधेश प्रदेशमा सिचाँईको गम्भीर समस्या रहेकाले कम पानीमा उत्पादन हुन सक्ने सुख्खा धानको अनुसन्धानमा जोड दिन विज्ञहरुलाई मन्त्री चौधरीले सुझाव दिइन् ।
Read full story at source (barnanmedia.com)