बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
onlinekhabar.com · Sun Jul 26 11:19:58 GMT 2026

१० साउन, चितवन । चितवनको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातीका चराको गुँड गणना गरिएको छ । गणनाका क्रममा बाटुली पोखरीमा ४४० वटा र कुमाल तालमा १५ वटा गुढ भेटिएका छन् ।
नेपाल पन्छीविद् संघ बागमती प्रदेशका संयोजक वासु बिडारीका अनुसार बाटुली पोखरीमा डाटर जातका पाँच वटा, स्वेतकण्ठ गरुडका दुई वटा र घुँङ्गीफोर गरुडका ४३३ गुँड भेटिएको छ । यस्तै कुमाल तालमा भेटिएका सबै गुढ घुँङ्गीफोर गरुडको रहेका छन् ।
Read full story at source (onlinekhabar.com)