रास्वपाको सिन्धुपाल्चोक अधिवेशन किन रोकियो ?
onlinekhabar.com · Sun Jun 07 06:05:14 GMT 2026

२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिन्धुपाल्चोक अधिवेशन हिजो सुरु भएर पनि स्थगित गरिएको छ । रास्वपाले सिन्धुपाल्चोकमा: हिजो अधिवेशन सुरु भएको र विविध कारणले स्थगित गरेको जानकारी गराएको छ । स्थगित गर्नु परेको ‘विविध कारण’बारे भने रास्वपाले खुलाएको छैन ।
कार्यवाहक सभापति पासाङ तामाङले आकांक्षी वीचमा सहमति खोज्न समय लागेको हुँदा अधिवेशन स्थगित गर्नुपरेको जानकारी गराएका छन् । तामाङका अनुसार सभापति पदका लागि पाँच जना आकांक्षी छन् । कार्यवाहक जिल्ला सभापति तामाङले अनलाइनखबरसँग भने, ‘सहमति हुने प्रयास गर्दा हिजो समय धेरै लाग्यो । भोटिङ गरेर छान्न पर्ने भयो । मतपत छाप्न समय आवश्यक पर्यो ।’
Read full story at source (onlinekhabar.com)